८ मंसिर, २०८१ शनिबार

11:06:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक, कति पाइन्छ ब्याज ?

१० जेठ, २०७९

बैंकले ११ प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र २०८४ नामक बचतपत्र बिक्रीमा ल्याउने भएको छ ।

३ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक,  कति पाइन्छ ब्याज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६० लाख रुपैयाँको नागरिक बचतपत्र विक्री खुला गर्ने भएको छ । बैंकले ११ प्रतिशत ब्याजदरमा नागरिक बचतपत्र २०८४ नामक बचतपत्र बिक्रीमा ल्याउने भएको छ । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६/६ महिनामा ब्याजदर प्राप्त हुनेछ ।

बचतपत्रमा जेठ १२ गतेदेखि जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। जसको निष्काशन असार ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ। बचतपत्रको सावाँ फिर्ता २०८४ असार ८ गते हुने छ ।

उक्त बचतपत्र खरीद गर्न चाहने नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालयहरू तथा वेबसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् । उक्त बचतपत्रमा सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्न पाउनेछन् ।

भने बढीमा कुल रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइन्छ । सो बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ।