२१ चैत, २०८१ बिहिबार
04:08:12 AM
९ जेठ, २०७९
बोर्डका सदस्यद्वय मदन आचार्य र मिलन देवकोटाले नेपालको पर्यटन विदेशमा प्रवद्र्धन गर्न योगदान दिनुभएका नरबहादुर टण्डनलाई सम्मान गर्नुभएको थियो
काठमाडौँ
नेपाल पर्यटन बोर्डले हालै ६४५ जनालाई पर्यटन व्यवसायसम्बन्धी तालिम प्रदान गरेको छ ।
बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले सुदूरपश्चिममा ४३ महिलालाई गाइड तालिम प्रदान गरिएको जानकारी दिनुभयो । यस क्रममा बोर्डले नेपालगञ्ज, धनगढी र धरानमा पर्यटन मेला सम्पन्न गरेको छ ।
बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले सुदूरपश्चिममा ४३ महिलालाई गाइड तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।
यस क्रममा बोर्डले नेपालगञ्ज, धनगढी र धरानमा पर्यटन मेला सम्पन्न गरेको छ ।
सोमबारको कार्यक्रममा बोर्डका सदस्यद्वय मदन आचार्य र मिलन देवकोटाले नेपालको पर्यटन विदेशमा प्रवद्र्धन गर्न योगदान दिनुभएका नरबहादुर टण्डनलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोर्डका निर्देशक हिक्मतसिंह ऐरले मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न विभिन्न गतिविधि सञ्चालन गरिएकोबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
मुलुकमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको विकास गर्न आवश्यक पूर्वाधारको खाँचो रहेको उल्लेख गर्दै पर्यटकसँग पर्यटन सेवा शुल्क, पदयात्रा सूचना व्यवस्थापन प्रणालीको विकासका लागि निश्चित शुल्क लिने गरिएको उहाँले बताउनुभयो ।