८ मंसिर, २०८१ शनिबार
10:47:20 AM
९ जेठ, २०७९
२०७८ को चैत मसान्तसम्ममा ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको
काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबार कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले नयाँ शाखाको संयुत्त रुपमा उद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
बैंकले २०७८ को चैत मसान्तसम्ममा ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गतवर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको कुल शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।