२२ बैशाख, २०८१ शनिबार

08:21:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्धनको मूल्य बढे पनि अझै घाटा, कति छ घाटा ?

Nepal Business

९ जेठ, २०७९

सरकारले १० दिनभित्रै पेट्रोल, डिजेल, मटीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ ।

इन्धनको मूल्य बढे पनि अझै घाटा,   कति छ घाटा ?

काठमाण्डौं । सरकारले निरन्तर रुपमा वृद्धिगरेको इन्धन मूल्यको कारण आम मानिसको जीवनयापन लागत बढ्ने भएको छ । महिना मै धेरै पटक बढ्न पुगेको इन्धनको मूल्यले मानिसको क्रयशिक्तमा कमि ल्याइरहेको छ ।

यसले अन्य वस्तु तथा सेवाको उपभोगमा कटौती हुन गई उत्पादन समेत प्रभावित बन्न पुग्दछ ।

चुनाव अगाडि मूल्य बढेर आएपनि नबढाई बसेको सरकारले चुनाव सकिए लगत्तै २ पटक इन्धनको मूल्यमा वृद्धि गरेको छ । सरकारले १० दिनभित्रै पेट्रोल, डिजेल, मटीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मटीतेल १६३ रूपैयाँ पर्ने निगमले जनाएको छ ।  खाना पकाउने एलपी ग्यासको १८ सय पर्छ ।

पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको हो । बढेको मूल्य हिजो आइतबार राति १२ बजेबाट लागू लागु भै सकेको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले यसअघि ३१ वैशाखमा पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मटीतेल १६३ रूपैयाँ पर्ने निगमले जनाएको छ । साथै, खाना पकाउने एलपी ग्यासको १८ सय पर्छ भने हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६६ पुगेको निगमले जनायो ।

भाउ बढाउँदा पनि पेट्रोलमा अझै १४ रुपैयाँ ६४ पैसा प्रतिलिटर तथा डिजेलमा २६ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्यासमा ८७९ रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको दाबी छ ।

मूल्य समायोजनपछि पनि निगमलाई एक महिनामा सात खर्ब ४० करोड घाटा रहेको पनि जनाएको छ ।