१० मंसिर, २०८१ सोमबार
01:58:49 PM
९ जेठ, २०७९
नेपालका प्रमुख प्लास्टिक उद्योग र भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लास्टिक उद्यमी व्यवसायी सहभागी हुने
काठमाण्डौं । प्लास्ट नेपाल फाउण्डेसनले तेस्रो ‘प्लास्ट नेपाल २०२२’ आयोजना गर्ने भएको छ। फाउण्डेसनले काठमाण्डौंस्थित भृकुटीमण्डपमा जेठ १२ देखि १४ गतेसम्म प्लास्टिक प्रदर्शनी ‘प्लास्ट नेपाल २०२२’ आयोजना गर्न लागेको हो ।
प्लास्टिकका उत्पादन उपभोक्तालाई चिनाएर बजार प्रवर्द्धनमा सघाउन फाउण्डेसनले प्रदर्शनी गर्दै आएको छ। फाउण्डेसनले पहिलो संस्करण २०७१ र दोस्रो संस्करण २०७५ मा भएको थियो। कोरोना महामारीका कारण भने केही वर्षयता प्रदर्शनी हुन सकेको थिएन।
तेस्रो संस्करणको प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योग र भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लास्टिक उद्यमी व्यवसायी सहभागी हुने आयोजकले जनाएको छ।
प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, यसका कच्चा पदार्थ र मेसिनरी उपकरणहरु समेतका अहिलेसम्म एक सयभन्दा बढि स्टल रहने आयोजकले जनाएको छ । जसमध्ये एक तिहाइ स्टल नेपाली प्लास्टिक उद्योगीहरुको रहने आयोजकले जनाएको छ।
प्लास्ट नेपाल नेपाली प्लास्किट उद्यमीहरुको छाता संगठन हो ।