८ मंसिर, २०८१ शनिबार
10:50:40 AM
९ जेठ, २०७९
ग्राहकहरुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै निश्चित शाखाहरु खोली बैकिङ्ग सुविधा दिने निर्णय गरेका बैंकले जनाएको हो ।
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ३६५ दिन नै बैकिङ सेवा सुविधा दिने निर्णय गरेको छ । ग्राहकहरुलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै निश्चित शाखाहरु खोली बैकिङ्ग सुविधा दिने निर्णय गरेका बैंकले जनाएको हो ।
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंकले एक सूचना जारी गर्दै आफ्ना सेवाग्राहीहरुको बैंकिङ्ग सेवा–सुविधा सम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै शनिबार, आइतबार तथा अन्य सार्वजनिक बिदाहरुमा पनि बैंकिङ्ग कारोबार सुचारु गरिने जनाएको हो ।
सरकारले जेठ १ गतेदेखि लागूहुनेगरी विभिन्न सरकारी कार्यालय तथा बैंक वित्तीय संस्थाहरुलाई शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
आइतबार बिदा हुँदा लाखौं ग्राहकहरु बैकिङ्ग सुविधाबाट बञ्चित हुनसक्ने भन्दै १ दर्जनबढी बैंकहरुले आइतबार सीमित शाखाहरु संचालनमा ल्याउने निर्णय गरेका छन् ।
यसैबीच एनआइसी एशिया बैंकले भने शनिबार,आइतबार र अन्य बिदाको दिन पनि केही निश्चित शाखा संचालनमा ल्याई बैकिङ्ग सेवा सुविधा दिने जनाएको छ । उक्त दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
बिदाका दिन यी शाखाहरु खुल्ने