८ मंसिर, २०८१ शनिबार
10:59:30 AM
९ जेठ, २०७९
जेठ ४ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ४९ अर्ब ५२ अर्ब रहेको थियो ।
काठमाण्डौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थिर रहँदा कुल निक्षेप भने बढेको छ । बैंकहरूको कर्जा लगानी पनि बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ ५ गते, बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप एक अर्बले बढेर ४९ खर्ब ५३ अर्ब पुगेको छ ।
जेठ ४ गते, बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ४९ अर्ब ५२ अर्ब रहेको थियो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप भने ४३ खर्ब ७५ अर्ब रूपैयाँमा स्थिर रहेको छ ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ४७ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन् ।
जेठ ४ गतेसम्म औसतमा ९०.३० प्रतिशत रहेको सीडी रेसियो जेठ ५ गतेसम्ममा बढेर ९०.३४ प्रतिशत पुगको छ।