२३ बैशाख, २०८१ आइतबार

01:09:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन आवेदन खुला (पूर्णपाठसहित)

Nepal Business

९ जेठ, २०७९

उम्मेदवारले जेठ ९ देखि असार ७ गतेसम्म अनलाइन आवेदन दिन सक्ने

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन आवेदन खुला (पूर्णपाठसहित)

काठमाण्डौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि अनलाइन आवेदन खुला गरेको छ ।  आयोगले सोमबार एक सूचना जारी गर्दै २०७९ का लागि निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको हो । 

आयोगका अनुसार तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका उम्मेदवारले जेठ ९ देखि असार ७ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुरको हकमा असार १४ गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

यस्तै उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र स्क्यान गरी दरखास्त पेस गर्नुपर्नेछ ।