७ मंसिर, २०८१ शुक्रबार
12:18:54 PM
९ जेठ, २०७९
एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका
काठमाण्डौं । डिजिटल वालेट खल्ती र नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी) बैंकबीच बैंक लिक सम्बन्धी सम्झौता भएको छ ।
खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् । पहिलो पटक आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा लिंक गर्दा तत्काल १ सय बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
यस्तै एनसीसी बैंकले अब खल्तीसँग सहकार्य गरेर बैंक लोड र बैंक ट्रान्सफर सेवा पनि उपलब्ध गराएको छ । यी सेवाहरू मार्फत प्रयोगकर्ताहरूले बैंकको इ–बैंकिङ र एम–बैंकिङ प्रयोग गरी खल्तीबाट सजिलैसँग पैसा पठाउन र झिक्न सक्नेछन् ।
आफ्नो एनसीसी बैंक लिमिटेड खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने कुनै पनि प्रयोगकर्ताका लागि बोनस र स्मार्टफोन दुबै लागू हुनेछ । बैंक लिंक गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्छ ।
बैंक वा खल्तीमा उपलब्ध अन्य कुनै पनि बैंकलाई पहिलो पटक लिङ्क गर्न रिफर गर्ने जो कोहीले पनि बैंक रेफरलमा ५० रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।
बैंक लिंक सेवाले प्रयोगकर्ताहरूलाई वालेट लोड नगरी सजिलै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ, स्क्यान र भुक्तानी, र अन्य उपलब्ध सेवाहरू जस्ता प्रत्यक्ष बिल भुक्तानी गर्न सकिन्छ।
यी सेवाका साथै अफरको बारेमा ’खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्नुहुन्छ, ‘खल्ती र एनसीसी बैंकका प्रयोगकर्ताहरूले यस सेवाबाट धेरै लाभान्वित हुनेमा हामी विश्वस्त छौं। एकपछि अर्को गर्दै, हामी प्रत्येक बैंक–सम्बद्ध प्रयोगकर्तालाई यो सेवा उपलब्ध गराएर डिजिटल भुक्तानीलाई सरल र सहज बनाउने लक्ष्य राख्नेछौं।’