१७ कार्तिक, २०८१ शनिबार
03:10:58 PM
९ जेठ, २०७९
जेठ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै लघुवित्तको लाभांश पाउन र सभामा सहभागि हुन पाउनेछन् ।
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्त कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारणसभा जेठ २८ गते बोलाएको हो हो। उक्त सभा कैलालीको धनगढीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर वितरण र थप साधारण सेयर (एफपीओ) निष्कासनं गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले अन्य उपयुक्त लघुवित्त संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, संस्थाको केन्द्रीय कार्यालय सार्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावहरु पारित गर्नेछ।
लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै लघुवित्तको लाभांश पाउन र सभामा सहभागि हुन पाउनेछन् ।