४ जेठ, २०८१ शुक्रबार

07:52:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१४ वटा जहाज खरिद गर्न पर्यटन मन्त्रीको निर्देशन

Nepal Business

१६ पुस, २०७८

१४ वटा जहाज खरिद गर्न पर्यटन मन्त्रीको निर्देशन

१६ पुस, २०७८

पर्यटनमन्त्री प्रम बहादुर आलेले छिटो ‘विजनेश प्लान’ ल्याएर कम्तीमा १४ वटा जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगम नेतृत्वलाई निर्देशन दिइसकिएको बताउनु भएको छ । नगरिक उड्यन दिवसका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले अलिहे बनेका विमानस्थलको स्तरउन्नती गर्दै नयाँ विमानस्थल थप गर्ने तयारमिा सरकारले रहेकोले विमानहरु खरिद गर्न अनुरोध गर्नुभएको छ । विमान खरिदतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन समेत आफुले निदैृशन दिएको मन्त्री आलेले बताउनुभयो ।

उँहाले भन्नुभयो “मैले धेरै अगाडि पनि भनेको थिए, प्राधिकरणले भटाभट विमानस्थल बनाउँदै जान्छ, तपाईं वायुसेवा निगम अन्य कम्पनीका नयाँ जहाज गनेर नबस्नुस् ।

भएका जहाज मर्मत गरेर उडाउनुस् भनिरहेको छु”, मन्त्री आलेले भन्नुभयो । मन्त्री आलेले युरोपका आकाशमा नेपाली जहाज उडाउने वातावरण सिर्जना गर्न युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध विमानस्थलमा जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “क्यालिब्रेसन फ्लाइटको तयारी भइरहेको छ, केही हाम्रै कारणले रोकिएको थियो, फिडर जडानको काम भइसकेको छ । उडान अनुमति पाएको एरो थाईका प्राविधिकले निरीक्षण गरेर गइसकेकोले जनवरीभित्रै परीक्षण उडान हुन्छ ।”