१४ बैशाख, २०८१ शुक्रबार

11:13:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्याजदर घट्दैनः गभर्नर अधिकारी

Nepal Business

८ जेठ, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार घाटा झनै बढ्न सक्ने

ब्याजदर घट्दैनः गभर्नर अधिकारी

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  ब्याजदर नघट्ने बताएका छन् । गभर्नर अधिकारीले ब्यादर बढ्दा पनि उपभोग घट्न नसकेको बताउनुभयो । 

विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपायका विषयमा छलफल गर्न महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले उपभोग घटोस् भनेर ब्याजदर बढाउने नीति लिए पनि उपभोक्ताहरु ज्ति सुकै मूल्य वृद्धि हुँदा पनि खरिद गरिरहेको बताउनुभयो । 

गभर्नर अधिकारीले आयातमा आधारित अर्थतन्त्र भइरहेकोले यसले मूल्यवृद्धि बढाउन सहयोग गरेको बताउनुभयो । साथै उपभोग अत्यधिक बढ्दा मुद्रास्फीति पनि ह्वात्तै बढेको उहाँले बताउनुभयो । 

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार घाटा झनै बढ्न सक्ने बताउनुभएको छ । उहाँका अनुसार रसिया र युक्रेनबीचको युद्धपछि रासायनिक मलको समेत अभाव भइरहेको र मूल्य समेत बढिरहेको छ । 

उहाँले समग्र आपूर्ति चेनमा समस्या सिर्जना भएको भन्दै खाद्य संकट समेत आउन सक्ने चेतावनी दिनुभयो ।