८ मंसिर, २०८१ शनिबार
11:00:51 AM
८ जेठ, २०७९
यो ट्रेजरी बिल जेठ ९ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर जेठ १० गते, मंगलबार बिक्री हुनेछ ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल असार ७ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल भदौ ७ गते परिपक्क हुनेछ ।
यसैगरी बैंकले १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर ६ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ७ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि.सं २०८० साल जेठ ९ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल जेठ ९ गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर जेठ १० गते, मंगलबार बिक्री हुनेछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।