८ मंसिर, २०८१ शनिबार

10:50:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माछापुच्छ्रे बैंकको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

८ जेठ, २०७९

७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कति कित्ता सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय, पुतलीसडक, काठमाडौंमा निवेदन दिन अनुरोध

माछापुच्छ्रे बैंकको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसअघि बैंकले उक्त संस्थापक सेयर  विद्यमान संस्थापक सेयरधनीहरुलाई खरिदका लागि आग्रह गरेको थियो । तर विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले उक्त सेयर सर्वसाधारयाहरुमा बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकले एक सुचना प्रकाशन गर्दै उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी कति कित्ता सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय, पुतलीसडक, काठमाडौंमा  निवेदन दिन  अनुरोध गरेको छ ।