१० मंसिर, २०८१ सोमबार

12:48:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुन आयातमा वृद्धि, १० महनिामा ३५ अर्बभन्दा बढिको आयात

Nepal Business

८ जेठ, २०७९

गत आर्थिक वर्षको तुलनामा यस १० महिनामा १४ अर्ब रुपैयाँ बढीको सुन आयात भएको

सुन आयातमा वृद्धि, १० महनिामा ३५ अर्बभन्दा बढिको आयात

काठमाण्डौं । नेपालमा सुन आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनामा ३५ अर्बभन्दा बढिको सुन आयात भएको छ । भन्सार विभागका अनुसार यस १० महिनामा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६३१ किलो सुन आयात भएको हो। 

गत आर्थिक वर्षको तुलनामा यस १० महिनामा १४ अर्ब रुपैयाँ बढीको सुन आयात भएको छ । गत आर्थिक वर्षको वैशाखसम्म नेपालमा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल भित्रिएको थियो।

गत आवको तुलनामा सुन आयातमा भएको वृद्धि ५२.५१ प्रतिशत रहेको भन्सार विभागले जनाएको छ। 

यस्तै सुनका लागि गरिने लगानीक वृद्धि ६८.६८ प्रशितले हो भने सुन आयातमा सरकारले आम्दानी गर्ने राजश्व वृद्धि ५३.९३ प्रतिशतले भएको देखिन्छ।

गत २१ चैतमा नेपाल राष्ट्र बैंकले सुन लगायतका वस्तुको एलसी खोल्न रोकेको थियो। तर वैशाख दोस्रो साता वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेर आयातमा कडाइ गर्ने वस्तुको सूची सार्वजनिक गरे पछि सुनको एलसी खुल्न थालेको थियो । 

अहिले वाणिज्य बैंकमार्फत सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ।