२६ बैशाख, २०८१ बुधबार

02:27:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

Nepal Business

८ जेठ, २०७९

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो । 

तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएका उहाँ तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाण्डौं आइपुग्नुभएको हो ।