८ मंसिर, २०८१ शनिबार

10:36:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाइन रेसुङ्गाको संस्थापक सेयर बिक्रीमा, क -कसले दिन पाउँछन् आवेदन ?

८ जेठ, २०७९

तोकिएको समय अवधिभित्र संस्थापक सेयर अरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने

शाइन रेसुङ्गाको संस्थापक सेयर बिक्रीमा, क -कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीले  एशियन डिष्ट्रिब्युटर्स प्रालिको नाममा रहेको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको नाममा रहेको २२ हजार ३३८ कित्ता र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता गरी कुल १ लाख ८० हजार ८ सय ६६ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले सो  संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रिय कार्यालय, बुटवल -११, कालिकानगर, रूपन्देहीमा निवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र संस्थापक सेयर अरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनैपनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।