६ जेठ, २०८१ आइतबार

07:11:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भन्सार कार्यालयको राजस्व पनि विद्युतीय माध्यमबाट, पूर्ण पाठसहित

१६ पुस, २०७८

भन्सार कार्यालयको राजस्व पनि विद्युतीय माध्यमबाट, पूर्ण पाठसहित

काठमाण्डौं, पुस १६

राष्ट्र बैंकले भन्सार कार्यालयको राजस्व विद्युतीय माध्यमबाट तिर्नुपर्ने नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले शुक्रबार विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै विद्युतीय माध्यमबाट राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयले विद्युतीय माध्यमबाटै राजस्व लिनुपर्ने निर्देशन दिएको हो । 

राष्ट्र बैंकले नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघरसंस्थाले भारतस्थित नियोग, संघसंस्था, कम्पनीसँग लिने विभिन्न सेवा सुविधाको लागि ३ लाख भारतीय रुपैयाँसम्म सटही गर्न पाउने व्यवस्था गरेको छ । ३ करोड भारु भन्दा बढीको सामान आयात गर्दा अनिवार्य रुपमा प्रतीतपत्रमार्फत गर्नुपर्नेछ । 
प्रतीतपत्र, ड्राफ्ट वा टीटीको माध्यमबाट सामान आयात गर्दा नियमानुसार २ वा १० प्रतिशत धरौटी बुझाउनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । भन्सारमा धरौटी रकम भने चेकमा पनि स्वीकार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।