७ मंसिर, २०८१ शुक्रबार
11:36:06 AM
८ जेठ, २०७९
शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मुल्य नेपाली बजारमा २२ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मुल्य ६ हजार १ सय ९९ रुपैयाँ रहेको
काठमाण्डौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६०’ नेपाली बजार माल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको निम्ती हो भने बाँकी दुई स्मार्ट वाचहरु हुन् ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाल भन्नु भयो, ‘हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु हाम्रो उपभोक्ता माझ ल्याउन प्रयास रत छौँ । हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताहरुको लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरु भएको उत्पादनहरु दिन सकौँ ।’
उहाँका अनुसार शाओमी एस् वान एक्टिभ फिट्नेसमा रुची राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो ।
उहाँले भन्नुभयो, ‘यसमा १. ४३ इन्चको हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइरिफ्रेस स्क्रिन रहेको छ । यसले २४ सै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोडहरु पनि रहेको छ । नर्मल मोडमा १२ दिन र ब्याट्रि सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफ पनि छ । खेल प्रेमी हरुको लागि विषेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुको साथै यसमा भएको डुअल ब्यान्ड जिपि एस्ले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ जसले गर्दा ठेगानाहरु छिटो र सहि रुपमा ट्रर्याक हुन्छ ।’
यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७इन्च को फुल एमोलेड डिस्प्ले सहितउपलब्ध छ जसले रगतमा भएको अक्सिजन लेभल जाँच गर्छ । वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् ।
त्यस्तै मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुलकलर प्यालेट देख्न सकिन्छ। यि क्यामराहरुले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् । जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ ।
यसमा भएको टु वे अडियो टक ब्याकफिचरले गर्दा जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिन्छ । यसमा ३२ जिबिसम्मको स्टोरेज छ र यसलाई घरको जुन सुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ।
शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मुल्य नेपाली बजारमा २२ हजार ९ सय ९९ रुपैयाँ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मुल्य ६ हजार १ सय ९९ रुपैयाँ रहेको छ ।
यस्तै मीहोम सेक्युरिटी क्यामरा ३६० को मुल्य ४ हजार ४ सय ९९ रहेको छ । यी तीनवटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।