७ मंसिर, २०८१ शुक्रबार
12:18:53 PM
८ जेठ, २०७९
छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको
काठमाण्डौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको हप्ताको शुक्रबार छापावाला सुनको मूल्य ९७ हजार तीन सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य स्थिर रही तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।