६ जेठ, २०८१ आइतबार

09:08:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गोरख राणा डेपुटी सीईयो नियुक्त

१६ पुस, २०७८

राणालाई बैंकले सन् २०२२ को जनवरी १ देखि लागु हुनेगरी नियुक्त गरेको हो

गोरख राणा डेपुटी सीईयो नियुक्त


काठमाण्डौं, पुस १६
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा गोरख राणालाई नियुक्त गरेको छ । राणालाई बैंकले सन् २०२२ को जनवरी १ देखि लागु हुनेगरी नियुक्त गरेको हो । 
गोरख राणासँग बैंकिङ क्षेत्रमा २७ वर्षलामो अनुभव रहेको छ । कुनै समय चर्चाको शिखरमा पुगेको स्ट्याण्डर्ड चार्टर्ड बैंक पछिल्ला दिनहरुमा सेलाउन पुग्यो ।  यसलाई पूनः चर्चाको शिखरमा पु¥याउने जिम्मेवारी राणाको काँधमा आएको देखिन्छ ।