८ मंसिर, २०८१ शनिबार
10:55:25 AM
६ जेठ, २०७९
मुदस्फिती ६.५ मा राख्ने लक्ष्य भए पनि केही वृद्धि भएको विवरण उल्लेख गर्दै उहाँले रु १६ खर्ब पाँच अर्ब बराबरको आयात र एक खर्ब ७३ अर्ब बराबरको निर्यात भएको बताउनुभयो
काठमाडौँ,
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सबलीकरण गर्ने तथा देशभित्रै उत्पादन हुन सक्ने कृषि उपजको अत्याधिक आयातलाई नियन्त्रण गर्ने विषयलाई सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
कोरोना कहर, बेसौमसी वर्षा र रुस तथा युक्रेनको सङ्घर्षका कारण मूल्य श्रृखलामा परेको प्रभावका कारण मुलुकका आर्थिक चाप र दबाव परेको भए पनि त्यसलाई सामान्यीकरण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कोरोना कहर, बेसौमसी वर्षा र रुस तथा युक्रेनको सङ्घर्षका कारण मूल्य श्रृखलामा परेको प्रभावका कारण मुलुकका आर्थिक चाप र दबाव परेको भए पनि त्यसलाई सामान्यीकरण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आगामी आवको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे सांसदले उठाउनुभएको जिज्ञासाको शुक्रबार जवाफ दिँदै अर्थमन्त्रीले अर्थतन्त्र समस्यामा प¥यो भनेर तयसलाई राजनीतिकरण गर्नुभन्दा पनि समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
विभिन्न चुनौतीका बीचमा देशको आर्थिक वृद्धि छ प्रतिशतको हाराहारीमा हुने भनेर केन्द्रीय तथ्याङ्क विभागले विवरण सार्वजनिक गरेको तथ्य पेश गर्दै उहाँले सामान्य अवस्था रहेको भए तीव्र गतिको वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
मुदस्फिती ६.५ मा राख्ने लक्ष्य भए पनि केही वृद्धि भएको विवरण उल्लेख गर्दै उहाँले रु १६ खर्ब पाँच अर्ब बराबरको आयात र एक खर्ब ७३ अर्ब बराबरको निर्यात भएको बताउनुभयो ।
व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब, विदेशी विनिमय सञ्चितीमा केही कमी आएको उल्लेख गर्नुभयो । नौ खर्ब नौ अर्ब बराबरको सरकारको खर्च हुँदा पूँजीगत खर्च वृद्धि हुन नसकेको तथा राजश्व लक्ष्यको कूल ७७ प्रतिशत बराबर सङ्कलन भएको अर्थमन्त्रीले सदनलाई जानकारी दिनुभयो ।