८ मंसिर, २०८१ शनिबार

11:12:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निक्षेप संकलन र कर्जा विस्तार दुवैमा नेपाल बैंक पहिलो

Nepal Business

६ जेठ, २०७९

वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ ।

निक्षेप संकलन र कर्जा विस्तार दुवैमा नेपाल बैंक पहिलो

काठमाण्डौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ ।

वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ प्रतिशतले बढेको छ । २७ वाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ ।

८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ६.२३ प्रतिशत रहेको छ । २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १७.४३ प्रतिशतले बढेको छ ।

वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । कुलकर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । 

औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ । नेपाल बैंकले देशभर २१३ शाखाहरु, १७० एटीएम मेसिन र ४७ वटा एक्टेन्सन काउन्टर मार्फत सेवा दिइरहेको छ ।