६ जेठ, २०८१ आइतबार

08:19:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सनराइज बैंकको ६.६५ प्रतिशत बोनस शेयर

Nepal Business

१६ पुस, २०७८

साधारण सभाले शेयर धनीलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव पारित गरेको छ।

सनराइज बैंकको ६.६५ प्रतिशत बोनस शेयर

 काठमाण्डौं, पुस १६
सनराइज बैंक लिमिटेडले शुक्रवार १४औं वार्षिक साधारण सभा गरेको छ । साधारण सभाले शेयर धनीलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर बाँड्ने प्रस्ताव पारित गरेको छ।

सभाले ६.६५ प्रतिशतका दरले ६३ करोड ९ लाख बराबरको बोनस शेयर वितरण गर्ने र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.३५ प्रतिशत दरले हुन आउने रकम ३ करोड ३२ लाख वितरण गर्ने निर्णय  गरेको हो। 

बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख छ। बोनस शेयर वितरण पश्चात १० अर्ब ११ करोड ८८ लाख कायम हुने छ। 

सनराइज बैंकको देशभर १ सय ३९ शाखा, ८३ वटा शाखारहित बैकिङ इकाइ, १२ एक्सटेन्सन काउण्टर र १ सय ५७ वटा एटीएम काउन्टर छन्।