९ मंसिर, २०८१ आइतबार

03:45:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीको आरक्षण बीमा खोस्यो, आरक्षण बीमालाई शुन्य बनाउने निर्णय

Nepal Business

६ जेठ, २०७९

बीमालेखमा उल्लेखित बिमांकको कम्तीमा २० प्रतिशत हिस्सामध्ये १० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनी र १० प्रतिशत व्यवसाय हिमालयन रिले पाउने बताइएको छ ।

बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीको आरक्षण बीमा खोस्यो, आरक्षण बीमालाई शुन्य बनाउने निर्णय

 काठमाण्डौं । बीमा समितिले सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत आरक्षण बीमा खोसेर निजी लगानीको हिमालयन रि इन्स्योरेन्सलाई दिने भएको छ ।

त्यसैगरी समितिले प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाएर १० वर्षमा आरक्षण पुनर्बीमालाई शून्यमा झार्ने निर्णयसमेत गरेको छ ।

समितिको बुधबार बसेको सञ्चालक बैठकले २० प्रतिशत आरक्षित पुनर्बीमा व्यवसायको आधा हिस्सा हिमालयन रिलाई दिने निर्णय गरेको हो ।

हिमालयन रिलाई नै व्यवसाय सुनिश्चित गरिदिने उद्देश्यका साथ यसअघि नेपाली बिमा कम्पनीहरूलाई शतप्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बिमकसँग मात्र गर्नुपर्ने समितिले निर्णय गरेकोमा अहिले नेपाल पुनर्बीमा कम्पनीको व्यवसाय खोस्ने निर्णय गरेको हो ।

बीमालेखमा उल्लेखित बिमांकको कम्तीमा २० प्रतिशत हिस्सामध्ये १० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनी र १० प्रतिशत व्यवसाय हिमालयन रिले पाउने बताइएको छ ।

समितिका प्रवक्ता राजुरमण पौडेलले यसअघि नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत व्यवसाय पछिल्लो समय दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेकाले दुवैलाई बराबरी बाँड्ने निर्णय भएको बताउनुभयो ।

बीमालेखमा उल्लेखित बिमांकको कम्तीमा २० प्रतिशत हिस्सामध्ये १० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनी र १० प्रतिशत व्यवसाय हिमालयन रिले पाउने बताइएको छ ।

समितिले दुई कम्पनीलाई बाँडेको १० प्रतिशत व्यवसायलाई पनि प्रत्येक वर्ष दुई प्रतिशतका दरले घटाउँदै लैजाने निर्णय गरेको छ । हाल १० प्रतिशत आरक्षित व्यवसाय पाउँदै आएका कम्पनीले अर्को वर्ष आठ प्रतिशत, त्यसपछिको वर्ष छ प्रतिशत हुँदै पाँचौँ वर्षमा दुई प्रतिशतमात्र व्यवसाय पाउनेछन् । छैटौँ वर्षदेखि आरक्षित व्यवसाय शून्यमा झर्नेछ ।

समितिको पछिल्लो निर्णयले सरकारी स्वामित्वसमेत रहेको नेपाल रिको ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यापार खोसिनेछ । २० प्रतिशत पुनर्बीमा आरक्षणबाट साढे सात अर्बमाथिको व्यापार पाउँदै आएको थियो ।

हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स गरी २ पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।

नेपाल रिले पाउँदै आएकोमध्ये १० प्रतिशत बराबरको व्यवसाय बाँड्ने समितिको निर्णयले ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यापार खोसिनेछ भने उक्त व्यवसाय निजी क्षेत्रको लगानीमा स्थापित हिमालयन रिले पाउनेछ ।

हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स गरी २ पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । नेपाल रिमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी करिब ४० प्रतिशत स्वामित्व विभिन्न संघसंस्था र बीमा कम्पनीको रहेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अध्यक्ष रहेको हिमालयन रिमा विभिन्न व्यवसायी घरानासहित ४४ कम्पनी र एक सय सातजनाको लगानी छ ।