८ मंसिर, २०८१ शनिबार

11:04:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकहरुले साढे ७१ खर्बको हाराहारीमा एसएलएफ लिए, तरलता सहजीकरण होला ?

Nepal Business

६ जेठ, २०७९

बैंकहरुले ३ हजार ७६२ वटा कारोबारबाट उक्त रकम एसएलएफ सुविधा लिएका हुन् ।

बैंकहरुले साढे ७१ खर्बको हाराहारीमा एसएलएफ लिए,  तरलता सहजीकरण होला ?

काठमाण्डौं । लगानीयोग्य रकम (तरलता) अभाव चुलिँदै जाँदा बैंकहरुले ७१ खर्ब ३८ अर्ब १४ करोड ६ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

बैंकहरुले साउनदेखि जेड ४ गतेसम्म उक्त रकम राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । बैंकहरुले ३ हजार ७६२ वटा कारोबारबाट उक्त रकम एसएलएफ सुविधा लिएका हुन् ।

बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्र धितोमा राखेर यस्तो सुविधा लिन पाउँछन् ।

बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । बैंकले ७ दिन अवधिका लागि ७ प्रतिशत ब्याजदरमा उक्त रकम लिएका हुन्छन् ।

बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्र धितोमा राखेर यस्तो सुविधा लिन पाउँछन् ।

राष्ट्र बैंकका अनुसार बिहीबार मात्रै ३१ वटा कारोबारबाट ५८ अर्ब ३७ करोड ५० रुपैयाँ बैंकहरुले एसएलएफ सुविधा लिएका छन् ।

सामान्य अवस्थामा बैंक तथा वित्तीय संस्था एसएलएफ सेवा लिन केन्द्रीय बैंकमा जाँदैनन् ।

जेठ लागेयता  बैंकहरुले २ खर्ब २२ अर्ब १७ करोड ६० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । अहिलेसम्मको सबैभन्दा बढी चैत २८ गते बैंक तथा वित्तीय संस्थाले ४९ वटा कारोबारबाट १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।

ब्याजदर महंगो पर्ने भएका कारण पनि बैंकहरुले यस्तो सेवा कम लिन खोज्छन् । तर जब तरलता अभाव चुलिँदै जान्छ तब मात्रै बैंकहरु चर्को ब्याज तिरेरै भएपनि एसएलएफ सुविधा लिन्छन् ।

जेठ लागेयता  बैंकहरुले २ खर्ब २२ अर्ब १७ करोड ६० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् । अहिलेसम्मको सबैभन्दा बढी चैत २८ गते बैंक तथा वित्तीय संस्थाले ४९ वटा कारोबारबाट १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।

बैंक तथा वित्तीय संस्थामा तरलता संकट चुलिएपछि केन्द्रीय बैंकबाट सरकारी ऋणपत्र वा सरकारले जारी गरेको बण्ड धितो राखी एसएलएफ सेवा लिन सकिन्छ ।

अहिले तरलता अभाव हुनुको प्रमुख कारण निक्षेपभन्दा बढी कर्जा बिस्तार हुनुलाई लिइएको छ । कोरोना महामारी न्यून भएपछि चालु आर्थिक वर्षको शुरुबाट नै बैंकहरुले आक्रमकरुपमा कर्जा प्रवाह गरेका थिए ।

अहिले बैंकमा निक्षेप समेत घट्दै जाँदा कर्जा प्रवाह निकै न्यून बन्दै गएको छ । बैंकहरुले अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि एक साताको लागि अल्पकालीन तरलता पूरा गर्न एसएलएफ लिँदै आएका छन् ।

अहिले बैंकहरुको अन्तर बैंक ब्याजदर नै ७.०४ प्रतिशत पुगिसकेको छ । अन्तर बैंक कारोबार समेत गर्न नसक्ने भएपछि बैंकहरुले एसएलएफ सुविधा लिएका हुन् ।