८ मंसिर, २०८१ शनिबार
10:50:24 AM
६ जेठ, २०७९
ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यजनर गर्दै बैंकले सीमित शाखाहरु संचालनमा ल्याई बैकिङ्ग सुविधा प्रदान गर्न लागेको हो ।
काठमाडौं । सनराईज बैंक लिमिटेडले आइतबार सार्वजनिक विदाको दिन पनि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने भएको छ । सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै बैंकले ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यजनर गर्दै सीमित शाखाहरु संचालनमा ल्याई बैकिङ्ग सुविधा प्रदान गर्न लागेको हो ।
सनराईज बैंक लिमिटेडले एक सूचना प्रकाशित गर्दै विभिन्न शाखा संचालन गर्ने जनाएको छ । बैंकले प्रदेश नंं १ अन्तर्गत इटहरी, विराटनगर र विर्तामोड शाखा विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुने जनाएको छ ।
त्यस्तै, गण्डकी प्रदेश अन्तर्गत पोखरा र डुम्रे शाखा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म, मधेश प्रदेश अन्तर्गत वीरगंज, राजविराज र बर्दिबास शाखा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म, लुम्बिनी प्रदेश अन्तर्गत भैरहवा, नेपालगंज, सुनवल र बुटवल शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म, वागमती प्रदेश अन्तर्गत, गैह्रिधारा, भक्तपुर, न्युरोड, तिनकुने, कालिमाटी, गोंगबु र नारायणघाट शाखा १० बजेदेखि दिउँसो १ बजेसम्म, गाबहाल शाखा दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म, गैह्रिधारा शाखाको काउन्टर सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म संचालन रहने बैंकले जनाएको छ ।
त्यस्तै, सुदुरपश्चिम प्रदेश अन्तर्गत धनगढी, सुख्खड र महेन्द्रनगर शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालनमा रहनेछ ।