८ मंसिर, २०८१ शनिबार

09:12:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ पूँजीगत खर्च, लक्ष्य अनुसार खर्च हुन सकेन

Nepal Business

६ जेठ, २०७९

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको

१० महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ पूँजीगत खर्च, लक्ष्य अनुसार खर्च हुन सकेन

काठमाण्डौं । सरकारले चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब २९ अर्ब रुपैयाँ पूँजीगत खर्च भएको छ । यो वर्ष विनियोजन गरेको पूँजीगत खर्चको ३६ प्रतिशत मात्र खर्च भएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको छ ।अब आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी छ ।

यस दुई महिनामा सरकारले राखेको लक्ष्य अनुसार खर्च गर्नुपर्ने हुन्छ । चालू आर्थिक वर्षको जेठ ५ गतेसम्म ६७.५५ प्रतिशत चालू खर्च भएको छ ।  चालु आर्थिक वर्ष २०७८÷७९ मा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

यस २ महिनाको अवधिमा सरकारले २ खर्ब २३ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ । सरकारले अहिलेसम्म पूँजीगत खर्च वर्षयाममा नै खर्च गर्ने गरेको छ । यस वर्ष पनि पूँजीगत खर्च गर्न सरकारले वर्खालाई नै कुरिरहेको छ ।