८ मंसिर, २०८१ शनिबार

11:08:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री खुला, क -कसले दिन पाउँछन् आवेदन

६ जेठ, २०७९

कम्पनीको हकप्रदमा सेयरधनीहरुले जेठ ६ गतेदेखि जेठ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन्।

नेपाल फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री खुला, क -कसले दिन पाउँछन् आवेदन

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आज (जेठ ६ गते शुक्रबार ) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, वैशाख २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको  हकप्रदमा सेयरधनीहरुले  जेठ ६ गतेदेखि जेठ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन्। फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडेड रहेको छ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयरबाट पनि आवेदन दिन सक्नेछन् ।