१६ बैशाख, २०८१ आइतबार

03:44:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाट प्रदान गर्न थालियो

Nepal Business

६ जेठ, २०७९

कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ । सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने भीड हटेको छ ।

व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाट प्रदान गर्न थालियो

काठमाण्डौ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने कार्य सुरु गरेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो । 

कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ । 

सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने भीड हटेको छ । 

हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवा प्रवाह गर्ने भएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख रमेश अर्यालले बताउनुभयो । 

गत आवमा वैदेशिक रोजगारीका लागि एक लाख ६७ हजार जनाको श्रम स्वीकृति भएकामा चालु आवको १० महिनामा पाँच लाख बढीको श्रम स्वीकृति जारी भएको कार्यालयले जनाएको छ ।