७ मंसिर, २०८१ शुक्रबार
09:31:54 AM
५ जेठ, २०७९
यो सरकारको बजेट राष्ट्रिय गौरवको आयोजनासँगै सिमान्तकृत समुदायको दैनिकीसँग जोडिएको हुनुपर्छ, महिला हिंसा अन्त्य गर्नेतर्फ बजेटले मुख्य ध्यान दिनुपर्छ
काठमाडौँ,
राष्ट्रियसभाका सांसदहरुले जडीबुटीखेती, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि जस्ता विषयलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
सभाकोको बैठकमा आव २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफलमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले उत्पादनमुखी र कृषिमुखी बजेट हुनुपर्नेमा जोड दिनुभयो ।
सभाकोको बैठकमा आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफलमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले उत्पादनमुखी र कृषिमुखी बजेट हुनुपर्नेमा जोड दिनुभयो ।
“यो सरकारको बजेट राष्ट्रिय गौरवको आयोजनासँगै सिमान्तकृत समुदायको दैनिकीसँग जोडिएको हुनुपर्छ, महिला हिंसा अन्त्य गर्नेतर्फ बजेटले मुख्य ध्यान दिनुपर्छ, उहाँले भन्नुभयो ।
नेकपा एमालेका सांसद देवेन्द्र दाहालले भूमिहीन दलितलाई दुई वर्षभित्रमा जमिन उपलब्ध गराउँने भन्ने संवैधानिक व्यवस्थाअनुसार बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग स्थापना गर्नका लागि हुने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै कच्चापदार्थको आयातमा नीतिगत स्पष्टता हुनुपर्ने उहाँको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले नेपाली अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक अर्थतन्त्रका रुपमा ल्याउनुपर्छ भन्नुभयो । कांग्रेसका जीतेन्द्रनारायण देवले कृषि, पर्यटन र ऊर्जालाई बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश हुनु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद डा वेदुराम भुसालले कृषि तथा जडीबुटी खेतीलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । सांसद वामदेव गौतमले निःशुल्क, आधारभूत स्वास्थ्य र शिक्षाको संवैधानिक व्यवस्थालाई बजेटमार्फत कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी आफ्नो उत्पादनमा निर्भर हुनुपर्छ, त्यसका निम्ति आफ्नो बजारलाई संरक्षण र सुदृढ गर्नुपर्छ”, नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगरले रोजगारी निर्माणलाई बजेटको सिद्धान्त र प्राथमिकताले समेट्न नसकेको टिप्पणी गर्नुभयो ।
सांसद कमला पन्त, डा खिमलाल देवकोटा, हरिराम चौधरी, तुलप्रसाद विश्वकर्मा, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनार, मोहम्मद खालिद, मदनकुमारी शाह , गङ्गाकुमारी बेल्वासे र नरबहादुर विष्टलगायतले जनमुखी बजेट हुनुपर्नेमा जोड दिनुभयो ।