१३ बैशाख, २०८१ बिहिबार

02:24:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतले नेपाललाई युरिया र डीएपी मल सहयोग गर्ने

Nepal Business

५ जेठ, २०७९

भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ ।

भारतले नेपाललाई युरिया र डीएपी मल सहयोग गर्ने

भारत । भारत सरकारले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । भारतले यसै वर्ष तोकिएको परिमाणमा मल नेपाल पठाउनलागेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

यसैगरी भारतले अहिलेकै १ अर्ब अमेरिकी डलर ऋणअन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने भएको छ ।

आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनुअघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको भारतीय स्रोतले बताएको छ । 

भारतीय स्रोतका अनुसार भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ । त्यसैगरी भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ । 

रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा भारतबाट युरिया मल पाउने श्रीलंका नेपालपछि दोस्रो देश रहेको बताइएको छ । नेपालले दुई देशबीच भएको समझदारीअनुसार रासायनिक मल पाउनलागेको हो ।