८ मंसिर, २०८१ शनिबार
10:11:49 AM
५ जेठ, २०७९
नबिल र एनबी बैंकबीचको मर्जर रोक्न सर्वोच्च अदालतमा परेको रिट फिर्ता भएसँगै यिनीहरु बिचको मर्जर प्रक्रिया अगाडि बढ्ने भएको हो ।
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर प्रक्रिया अगाडि बढ्ने भएको छ। नबिल र एनबी बैंकबीचको मर्जर रोक्न सर्वोच्च अदालतमा परेको रिट फिर्ता भएसँगै यिनीहरु बिचको मर्जर प्रक्रिया अगाडि बढ्ने भएको हो ।
यसअघि सर्वोच्चमा परेको रिटमा एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो।
नबिल र एनबीबीच मर्जरको बिषयमा परेको मुद्दा फिर्ता भएसँग अब नबिलले एनबीलाई प्राप्ति गर्ने बाटो खुलेको छ ।
दुबै बैंकले मर्जर प्रस्ताव पारित गर्न जेठ ७ गते विशेष साधारण सभा बोलाइसकेका छन् । सोही सभामार्फत यी दुवै बैंकले आपसमा मर्जरमा जाने प्रक्रियालाई अनुमोदन गर्नेछन्। एनबीको १०० कित्ता सेयर बराबर नविल बैंकको ४३ कित्ता सेयर रहने गरी एनबीलाई नबिलले प्राप्ति गर्न लागेको हो ।