८ मंसिर, २०८१ शनिबार
10:06:02 AM
५ जेठ, २०७९
संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्त तेस्रो वार्षिक साधारण सभा जेठ २८ गते बोलाएको हो ।
संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको उक्त बैठक जेठ २८ गते अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट, बुटवल, रूपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुने छ । संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल तथा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धीत अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।साथै, सभाले आर्थिक वर्ष २०७४/७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद संख्या २ को निर्वाचन गर्ने, अन्य लघुवित्तसँग गाभ्ने र गाभिने तथा प्राप्ती सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्ने संचालक समितिलाई अख्तियारी तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पनि सभाबाट पारित गरिनेछ ।
संस्थाले साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, जेठ ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन सक्नेछन् ।