८ मंसिर, २०८१ शनिबार

10:21:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल फाइनान्सले ३४ लाख ५४ हजार कित्ता हकप्रद बिक्री गर्दै, क -कसले दिन पाउँछन् आवेदन ?

५ जेठ, २०७९

कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

नेपाल फाइनान्सले ३४ लाख ५४ हजार कित्ता हकप्रद बिक्री गर्दै, क -कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं। नेपाल फाइनान्स लिमिटेडले भोलि (जेठ ६ गते शुक्रबार ) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले १ कित्ता बराबर ०.७० कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्न कात्तिक १ गते धितोपत्र बोर्ड (सेबोन) मा  निवेदन दिएकोमा सेबोनले  चैत ८ गते हकप्रद जारीका लागि स्वीकृति पाएको थियो।

 उक्त हकप्रद सेयरमा कम्पनीका विद्यमान सेयरधनीहरुले  जेठ ६ गतेदेखि जेठ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन्। फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडेड रहेको छ।