२३ बैशाख, २०८१ आइतबार

06:03:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यूनिग्लोव कलेजको फ्याकेल्टी डेभलपमेन्ट प्रोग्राम सम्पन्न

Nepal Business

५ जेठ, २०७९

देशका विभिन्न स्थानमा रहेका क्याम्पसहरुका लागि यूनिग्लोव कलेजले सञ्चालन गर्दै आएको फ्याकेल्टी डेभलपमेन्ट प्रोग्राम क्याम्पस व्यवस्थाप र शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सहयोगी बनेको छ ।

यूनिग्लोव कलेजको फ्याकेल्टी डेभलपमेन्ट प्रोग्राम सम्पन्न

काठमाण्डौ । यूनिग्लोव कलेजले १ दिने फ्याकेल्टी डेभलपमेन्ट प्रोग्राम सम्पन्न गरेको छ । वुटवलको एम कलेजको फ्याकेल्टी डेभलपमेन्ट प्रोग्राममा प्रो. डा. राधेश्याम प्रधानले सहजिकरण गर्नुभएको थियो ।

यूनिग्लोव कलेजले काठमाण्डौ बाहिरका विभिन्न क्याम्पसहरुको फ्याकेल्टी डेभलपमेन्टमा सहयोग गर्ने उद्धेश्यका साथ विगत केही वर्ष देखी यो कार्यक्रम गर्दै आएको छ । 

बुधबार भएको कार्यक्रममा बुटवलको एम्स कलेजको फ्याकेल्टी डेभलपमेन्टका विषयमा प्रशिक्षक प्रधानले सहजिकरण गर्नुभएको थियो । 

देशका विभिन्न स्थानमा रहेका क्याम्पसहरुका लागि यूनिग्लोव कलेजले सञ्चालन गर्दै आएको फ्याकेल्टी डेभलपमेन्ट प्रोग्राम क्याम्पस व्यवस्थाप र शिक्षण सिकाईलाई प्रभावकारी बनाउन सहयोगी बनेको छ ।

कलेजको व्यवस्थानप पक्षलाई चुस्त बनाउँदै शिक्षण सिकाईलाई व्यवहारमा आधारीत कसरी बनाउन सकिन्छ भन्ने उद्धेश्यका साथ यूनिग्लोव कलेजले देशका विभिन्न स्थानमा रहेका कलेजहरुको आवश्यकताका आधारमा फ्याकेल्टी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा यूनिग्लोव कलेजका प्रिन्सिपल डा. नर बहादुर विष्ट, कलेजको विभिन्न फ्याकेल्टी प्रमुख लगाएतको सहभागिता रहेको थियो ।