८ मंसिर, २०८१ शनिबार
10:24:14 AM
५ जेठ, २०७९
यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘ङ’ बिक्री गर्ने भएको छ। बैंकले २ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने भएको हो। यो ऋणपत्र जेठ ५ गते अर्थात् आज बोलकबोलमार्फत बिक्री गरिनेछ। उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ । ऋणपत्र २०८१ जेठ ६ गते परिपक्व हुनेछ। यो ऋणपत्रमा व्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ।
इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत छुट्याइएको छ।