२० बैशाख, २०८१ बिहिबार

06:22:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मतगणना स्थलमा आर्मीको सुरक्षा, रोकिएको तिलोत्तमाको मतगणना सुरु

Nepal Business

५ जेठ, २०७९

तिलोत्तमामा ९९४२ मत गणना गरेर सकिंदा मेयर पदमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ३८२८ मत प्राप्त गरेर झिनो मतान्तरले अग्रता

मतगणना स्थलमा आर्मीको सुरक्षा, रोकिएको  तिलोत्तमाको मतगणना सुरु

बुटवल । रुपन्देहीको तिलोत्तमामा दुई दिनदेखि स्थगित भएको मतगणना पुनः सुरु भएको छ । गणकहरूले एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको पाइएपछि उत्पन्न विवादका कारण मंगलबार बिहान ३ बजेदेखि मतगणना रोकिएको थियो ।

एमाले बाहेकका ६ दलले वडा नं २ र १६ को पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले वडा नं २ र १६ को मतगणना सुरुबाटै गर्न निर्देशन दिएअनुसार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले बताउनुभयो । 


तिलोत्तमामा ९९४२ मत गणना गरेर सकिंदा मेयर पदमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ३८२८ मत प्राप्त गरेर झिनो मतान्तरले अग्रता लिनुभएको छ । निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका मोहन चापाईंले ३६२१ मत प्राप्त गर्नुभएको छ । 

उपमेयर पदमा भने एमालेकी जागेश्वरीदेवि चौधरीले ३४४८ मतसहित अग्रता लिनुभएको छ। माओवादी केन्द्रका हेमन्त पाण्डेले १७२२ मत प्राप्त गर्नुभएको छ ।