१५ चैत, २०८० बिहिबार

02:22:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यूनिग्लोब कलेज भित्रै विद्यार्थीले सुरु गरे व्यापार, व्यवसाय गर्न विद्यार्थीलाई ऋण (म्यानेजमेन्ट फेस्ट)

Nepal Business

४ जेठ, २०७९

यस्ता कार्यक्रमका लागि कलेजले विद्यार्थीलाई बिना ब्याज १० हजार रुपैयाँ ऋण दिन्छ । सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो बिजनेश सुरु गर्ने उहाँले बताउनुभयो ।

 यूनिग्लोब कलेज भित्रै विद्यार्थीले सुरु गरे व्यापार, व्यवसाय गर्न विद्यार्थीलाई ऋण (म्यानेजमेन्ट फेस्ट)

काठमाण्डौं । युनिग्लोब कलेजको तेस्रो गेटभित्र छिर्ने बित्तिक्कै लस्करै १५ वटा स्टल देखिन्छन् । ती स्टलहरु मःम, पानीपुरी, चटपट, पेस्ट्री, कोल्ड ड्रिङ्कस, आर्ट, म्यूजिक लगायतका खानेकुरा तथा सामाग्री राखिएका छन् । 

ती स्टलहरुमा निकै चहलपह थियो । कोहि खानेकुरा बेचिरहेका थिए भने कोहि खाइरहेका । यी सबै यूनिग्लोव कलेजका स्नातक तहका विद्यार्थीहरु हुन् । 

उनीहरुले वार्षिकोत्सवका अवसरमा ‘उद्यमशिलता प्रतिशप्रर्धा’मा भाग लिएका छन् । 

यस्ता कार्यक्रमहरुले विद्यार्थीको जीवनमा निकै फाइदा गर्ने विद्यार्थी करुणा पाण्डे बताउनुहुन्छ । उहाँको आर्ट स्टल छ । सो स्टलमा उहाँ आफैले बनाएका मण्डला तथा पोट्रे स्केचहरु राख्नुभएको छ । 

उहाँहले भन्नुभयो, ‘यो लकडाउनका समयमा सिकेको हो । यतिकै समय खेर फाल्नुभन्दा समयको सदुपयोग गर्नुपर्छ भन्ने लागेर सिकेको हो । सबैले धेरै मन पराउनुभयो ।’ 

रोमाञ्चक खेल सहित कोल्ड ड्रिङग्स राखेका सम्राटले यस शेसनबाट आफूले मार्केटिङका बारेमा धेरै जानकारी पाउने बताउनुभयो । पछि गएर ‘गो ग्रिन मार्केटिङ’को बिजनेश गर्न सक्ने उहाँले बताउनुभयो । 

सोही प्रतियोगितामा भाग लिनुभएका अर्का विद्यार्थी विष्णुराज केसीले यस्ता कार्यक्रमले विद्यार्थीहरुको जीवनमा धेरै परिवर्तन ल्याउने बताउनुभयो ।

यसरी सिकेको ज्ञान तथा सीपले भविष्यमा आफ्नो बिजनेश कसरी सुरु गर्ने भनेर भौतारिनु नपर्ने बताउनुहुन्छ । 

‘हामीले यहाँ सानो स्टल राखे पनि बिजनेश कसरी गर्ने सिक्छौँ नै । तर यहाँ बिजनेश सुरु गर्नका लागि पैसा कसरी लिने, त्यसको लागि के–के चाहिन्छ र बिजनेश गर्दा कसरी मार्केटिङ, म्यानेज गर्ने सबै सिक्छौँ । पछि बिजनेश गर्दा नयाँ लाग्दैन । सहज हुन्छ’, उहाँले भन्नुभयो ।

विद्यार्थीहरुले सुरु गरेको बिजनेशका लागि कलेजले नै ऋण उपलब्ध गराउँछ । सोही ऋणबाट आफूहरुले बिजनेश सुरु गरेको उहाँले बताउनुभयो । 

कलेजसँग ऋण लिन विद्यार्थीले के गर्नुपर्छ ?

हरेक वार्षिकोत्सवमा कलेजले यस्ता कार्यक्रमहरु गर्दै आएको छ । यो ११ औँ पटक हो । कोभिडका कारणले एउटा सिजन नभएको युनिग्लोब कलेजका प्रोग्राम कोडिनेटर दिवाकर बिष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस्ता कार्यक्रमका लागि कलेजले विद्यार्थीलाई बिना ब्याज १० हजार रुपैयाँ ऋण दिन्छ । सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो बिजनेश सुरु गर्ने उहाँले बताउनुभयो ।

यस्तै उहाँले यो ऋण लिन त्यति सहज नभएको पनि बताउनुभयो । ‘विद्यार्थीहरुले लोन लिन पहिले आफ्नो बिजनेश आइडिया सहितको प्रपोजल हामीलाई दिनुपर्छ । जसको बिजनेश प्रपोजल राम्रो हुन्छ उहाँहरुलाई नै लोन दिने हो ।

यो लोनमा ब्याज लिएका छैनौ’, उहाँले भन्नुभयो । 

सो ऋण विद्यार्थीहरुले व्यापार गरेर चुक्ता गर्नुपर्ने हुन्छ । उहाँका अनुसार विद्यार्थीहरुले लोन समयमै चुत्ता गर्ने गर्छन् । 

‘यो सेशन ६ दिनको हुन्छ । यस अवधिमा उहाँहरुले करिब ४०/५० हजार रुपैयाँ कमाउनुहुन्छ’, उहाँले भन्नुभयो, ‘अहिले विद्यार्थी हुनुहुन्न जसका कारणले उहाँहरुको व्यापार कम छ ।

अब एमएको क्लास सुरु हुन्छ । विद्यार्थी भयो भने व्यापार बढ्छ ।’विद्यार्थीहरुले यसरी आर्जन गरेको नाफा विद्यार्थीकै हुने उहाँले बताउनुभयो । 

उहाँका अनुसार यसको मुख्य उद्देश्य विद्यार्थीलाई हरेक तवरबाट सक्षम बनाउनु हो । ‘उहाँहरुले यस्ता कार्यक्रमबाट व्यवसायका लागि चाहिने ऋण कसरी लिने, बिजनेश प्रपोजल बनाउने देखि लिएर ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट, नेटर्वकिङ लगायतका बारेमा सिक्नुहुन्छ ।

यहाँ सिकेको कुरा आफ्नो बिजनेशमा लगाउनुहुन्छ भने कतिले यो बिजनेश आइडियालाई नै अगाडि बढाउनुहुन्छ’, उहाँले भन्नुभयो । कलेजका कतिपय पूर्व विद्यार्थीहरुले यस्ता कार्यक्रमा ल्याएका बिजनेश आइडियालाई अहिले आफ्नो बिजनेश बनाउनु भएको पनि उहाँले बताउनुभयो । 

वार्षिकोत्सवका अवसरमा कलेजले बिजनेश सम्बन्धी कार्यक्रम गर्दै आएको छ । सामान्य दिनमा कलेजले १४ देखि १६ वटा कार्यक्रम गर्ने गरेको भए पनि कोभिडका कारणले घटाउनु परेको उहाँले बताउनुभयो । अहिले ८ वटा कार्यक्रम मात्र आयोजना गरेको पनि उहाँले बताउनुभयो । 

ती कार्यक्रममा बिजनेश क्विइज, बिजनेश डिबेट, ओपन टपिकमा बिजनेश रिलेटेड लागयताका यस्ता कार्यक्रमहरु हुने उहाँले जानकारी दिनुभयो । कतिपय कार्यक्रमहरु सकिएका छन् भने भइरहेका कार्यक्रम यहि जेठ २४ गते सकिनेछ । त्यसपछि जुन ३ तारिकमा समापन कार्यक्रम रहेको छ ।