८ मंसिर, २०८१ शनिबार

10:04:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आरटीजीएस प्रणालीमा थप ४ संस्था आवद्ध

Nepal Business

४ जेठ, २०७९

आरटीजीएस प्रणालीमा थप ४ संस्था आवद्ध

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस  सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप चार संस्था आवद्ध भएको जनाएको छ । यस प्रणालीमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी आवद्ध भएका हुन् । 

यसबारे राष्ट्र बैंकले एक सूचना जारी गर्दै जानकारी दिएको छ । यी चार संस्थाहरुले बुधबारदेखि रयल टाइम ग्रस  सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा सिधारुपमा आवद्ध भई कारोबार गर्न सक्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।