८ मंसिर, २०८१ शनिबार
10:02:15 AM
४ जेठ, २०७९
बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब १६ अर्बमा झरेको छ ।
काठमाण्डौं । स्थानीय चुनाव सकिए लगत्तै बैंकहरूको निक्षेप संकलन ८ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ २ गते, सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वैशाख २८ गते, बुधबारसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ३७ अर्ब रूपैयाँ रहेको थियो ।
५ दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ५ अर्बले बढेर ४३ खर्ब ६७ अर्ब पुगेको छ ।
वाणिज्य बैंकहरूको कर्जा लगानी भने ५ अर्बले घटेर ४१ खर्ब ८५ अर्ब रूपैयाँमा सिमित छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब १६ अर्बमा झरेको छ ।
बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.८० प्रतिशतबाट घटेर ९०.४४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।