२१ बैशाख, २०८१ शुक्रबार

04:40:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उत्कृष्ट सफ्टवेयर डिजिटल स्कूल तथा कलेज सञ्चालन

Nepal Business

१५ पुस, २०७८

विद्यार्थीले सफ्टवेयरबाटै अरु विद्यार्थीको तुलनामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, बिदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्नेछन् ।

उत्कृष्ट सफ्टवेयर डिजिटल स्कूल तथा कलेज सञ्चालन


काठमाण्डौं, पुस १५ 


शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालिले ‘स्कूल वर्क्स प्रो’ सञ्चालनमा ल्याएको छ । डिजिटल नेपालको महा अभियान चलिरहेको बेला स्कूल वर्क्स प्रो विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको डिजि टेक्नोलोजीका सिइओ प्रमोद पौडेलले बताउनुभयो ।


सफ्टवेयर मार्फत अभिभावकले घरमै बसेर आफ्ना वालवालिकाको शैक्षिक अवस्था, स्कूल फि, विद्यालयको एकेडेमीक क्यालेन्डर हेर्र्न र विद्यार्थीको पढाईको स्तर बुझ्न परीक्षा नै कुर्नु पर्ने अवस्थाको अन्त्य हुने पौडेलले बताउनुभयो   


शिक्षकले सफ्टवेयरमै गृहकार्य र असाइनमेन्ट दिने  र जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विज र पोर्टल मार्फत विद्यार्थीको गतिविधि बढाउन पनि सकिने स्कूल तथा कलेजको ब्यवस्थापन पक्षले आर्थिक ब्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मुल्यांकन, रिजल्ट ब्यवस्थापन लगायत सम्पुर्ण ब्यवस्थापकीय काम सफ्टवेयर मार्फत नै नियन्त्रण गर्न सक्नेछन् ।  

विद्यार्थीले सफ्टवेयरबाटै अरु विद्यार्थीको तुलनामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, बिदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्नेछन् । स्कूल वर्क्स प्रोको कार्यान्वयन पश्चात मानव संसाधन, प्रीन्ट, संचार लगायतको खर्च घट्छ । 

शिक्षाको अन्तरक्रियात्मक व्यवस्थालाई प्राथमिकता दिदै स्कूल वर्क्स प्रोले विद्यालय तथा कलेजहरूलाई शैक्षिक प्रणाली व्यवस्थापनको झन्झटिलो परम्परागत प्रक्रियालाई हटाएर एकिकृत प्रणालीमा व्यावस्थापन गर्न सहयोग पु¥याउने निर्माता  कम्पनीको दावी रहेको छ ।