८ मंसिर, २०८१ शनिबार
10:25:47 AM
४ जेठ, २०७९
अमेरिकन १ डलरको भाउ १२४ रुपैयाँ ४१ पैसा कायम
काठमाण्डौं । डलरको भाउ बुधबार बढेको छ । डलरको भाउ दुई महिनाको अवधिमा करिब १ रुपैयाँले बढेको छ ।
गत फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसामा बिक्री भएको अमेरिकन १ डलरको भाउ १२४ रुपैयाँ ४१ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसको खरिद मूल्य १२३ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै युरो र युके पाउण्ड स्टलिङको भाउ पनि बढेको छ । मंगलबार (हिजा) १ युरोको खरिददर १२८ रुपैयाँ ८८ पैसा रहेकोमा बुधबार बढेर १ युरोको खरिददर १३० रुपैयाँ ४३ पैसा र बिक्रीदर १३१ रुपैयाँ शुन्य ६ पुगेको छ ।
यसैगरी युके पाउण्ड स्टलिङको खरिददर १५४ रुपैयाँ ५० पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा कायम भएको छ ।