८ मंसिर, २०८१ शनिबार
10:22:47 AM
३ जेठ, २०७९
यो बन्दुमूखि योजना हो
काठमाण्डौं । कुमारी धनवृद्धि योजना निष्काशन हुने भएको छ ।
कुमारी बैंक कोष प्रबर्द्धक र कुमारी क्यापिटल योजना ब्यवस्थापक रहेर कुमारी सामूहिक लगानी कोषले सो योजना जेठ १२ गतेबाट निष्काशन गर्न लागेको हो। यो बन्दुमूखि योजना हो।
कम्पनीले जेठ १७ गतेसम्म इकाइ सार्वजनिक गर्ने छ । अंकित मूल्य १० रुपैयाँ दरका १२ करोड इकाइ निष्काशन गर्ने कम्पनीले जनाएको छ।
कुल इकाइ संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाइ कोष प्रबर्द्धक कुमारी बैैंकलाई आरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाइमा सर्वसाधारणले दावी गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्तिमा १०० इकाइ बढिमा एक करोड २० लाख इकाइका लागि आवेदन दिन सकिन्छ ।