७ मंसिर, २०८१ शुक्रबार
01:22:01 PM
३ जेठ, २०७९
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको
काठमाण्डौं । सुनको मूल्य मंगलबार सामान्य रुपमा उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ९६ हजार दुई सय रुपैयाँ कायाम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।