८ मंसिर, २०८१ शनिबार

09:50:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतिमा खरिद–बिक्रि हुँदैछ डलर ?

Nepal Business

३ जेठ, २०७९

लगातार ४ दिनदेखि अमेरिकन डलर १ को बिक्रिमूल्य १२४ रुपैयाँ २३ पैसा रहेको

कतिमा खरिद–बिक्रि हुँदैछ डलर ?

काठमाण्डौं । डलरको मूल्य स्थिर रहेको छ । लगातार ४ दिनदेखि अमेरिकन डलर १ को बिक्रिमूल्य १२४ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकन १ डलरको बिक्रिमूल्य १२४ रुपैयाँ २३ पैसा रहेको छ भने खरिदमूल्य १२३ रुपैयाँ ६३ पैसा रहेको छ । 

यस्तै युरो १ को खरिददर १२८ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर १२९ रुपैयाँ ५१ पैसा छ ।

युके पाउण्ड स्टलिङ १ को खरिददर १५१ रुपैयाँ ४५ पैसा र विक्रीदर १५२ रुपैयाँ १८ पैसा कायम भएको छ । 

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र विक्रीदर ९ रुपैयाँ ६१ पैसा रहेको छ । 

कतारी १ रियल खरिददर ३३ रुपैयाँ ८५ रुपैयाँ र विक्रीदर ३४ रुपैयाँ शुन्य १ पैसा रहेको छ ।

साउदी अरेवियाको १ रियलको खरिददर ३२ रुपैयाँ ९६ पैसा र विक्रीदर ३३ रुपैयाँ १२ पैसा कायम छ ।