२५ बैशाख, २०८१ मंगलबार

04:53:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तरलता संकटको समयमा पनि बढ्दो लोन अकाउन्ट

केशव आचार्य ।

२ जेठ, २०७९

अहिलेसम्म बैंक तथा वित्तीय संख्या (क, ख र ग) मा खाता खोल्नेको संख्या ४ करोड ३२ लाख ८६ हजार ३ सय ७४ पुगेको छ ।

तरलता संकटको समयमा पनि बढ्दो लोन अकाउन्ट

वर्तमान समयमा विश्वको अर्थतन्त्र नै शिथिल बनिरहेको छ । नेपालले पनि हाल आएर यसको महशुस गरिरहेको छ । बैंक तथा वित्तीय संस्थामा निख्रिएको तरलता अभावले मुलुकको अर्थतन्त्रलाई पनि प्रभावित बनाइरहेको छ । 

पछिल्लो एक वर्षमा ऋण लिने खाता (लोन अकाउन्ट)को संख्या डेढ लाखले थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो १ वर्ष २०७८ चैत महिनासम्म १ लाख ५३ हजार ३ सय ५६ लोन अकाउन्ट थपिएका छन् ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.११ प्रतिशतले धेरै हो । अहिलेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्समा लोन अकाउन्टको संख्या १८ लाख ३६ हजार १ सय ९१ पुगेको छ ।

गत आर्थिक वर्षको चैत महिनामा यो संख्या १६ लाख ८२ हजार ८ सय ४५ थियो ।

कुल खातामध्ये चालु आर्थिक वर्षको चैत महिनासम्मको तथ्यांकअनुसार ऋण लिने अकाउन्ट जम्मा ४.२४ प्रतिशतमात्र रहेको छ । वाणिज्य बैंकहरुमा १४ लाख ९० हजार २ सय ४ लोन अकाउन्ट रहेका छन् ।

मुलुकमा हाल २७ वटा वाणिज्य बैक सञ्चालनमा रहेका छन् । यसैगरी विकास बैंकमा लोन अकाउन्ट खोल्नेको संख्या ३ लाख ५ हजार १ सय ४४ पुगेका छन् । 

फाइनान्समा यस्तो खाता खोल्नेको संख्या ४० हजार ८ सय ४३ पुगेका छन् । मुलकमा हाल १७ विकास बैंक र सी समूहमा पर्ने फाइनान्सहरुको सख्या पनि १७ नै रहेको छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संख्या (क, ख र ग) मा खाता खोल्नेको संख्या ४ करोड ३२ लाख ८६ हजार ३ सय ७४ पुगेको छ । यो गत आर्थिक वर्षको चैत्र महिनाको भन्दा ६९ लाख २० हजार ३ सय ३३ ले बढी हो । 

एक वर्षमा ६९ लाख २० हजार बैंक खाता थपिँदा ऋण लिने खाताको संख्या १ लाख ५३ हजारले थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

दिनानु दिन तरलता अभावले बैंकहरु संकट व्यहोर्न बाध्य बनिरहँदा, निक्षेप संकलनमा ब्याज बढाएर माथि पुर्याइयो । तै पनि बजारमा तरलता संकट खड्किरह्यो । तर पनि बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको नाममा लोन अकाउन्ट बढेको देखाउँछ । 

यसले बजारको वास्तविकता के ? प्रश्नचिन्ह खडागरेको छ । यि यस्ता विषयवस्तुलाई चिर्न सकिएन भने बैंक तथा वित्तिय संस्थाले आर्जन गरेको साखमा दाग लाग्न सक्ने देखिन्छ ।