२० बैशाख, २०८१ बिहिबार

08:42:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा १० मतले एमाले पराजित, उपाध्यक्षमा एमाले विजयी

Nepal Business

२ जेठ, २०७९

उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार सरिता खड्का विजयी हुनुभएको छ ।

गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा १० मतले एमाले पराजित, उपाध्यक्षमा एमाले विजयी

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका महेन्द्रबहादुर कुँवर निर्वाचित हुनुभएको छ ।

एमालेका प्रेमबहादुर केसीलाई १० मतले हराउँदै कुँवर विजयी हुनुभएको हो । विजयी भएका कुँवरले ४ हजार ७ सय ७ मत पाउनुभएको छ भने हारेका केसीले ४ हजार ६ सय ९७ मत पाउनुभयो ।

उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार सरिता खड्का विजयी हुनुभएको छ ।

उहाँले ४ हजार ५ सय ६७ मत ल्याएर विजयी हुनुभएको हो । उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बेगम चन्दले ४ हजार २ सय ११ मत पाउनुभयो ।