८ मंसिर, २०८१ शनिबार
10:18:22 AM
२ जेठ, २०७९
पुनरकर्जा २०७८ चैत मसान्तमा १ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ लगानीमा रहेको छ ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चैत महिनामा मात्र एक खर्ब भन्दा बढी पुनरकर्जा प्रवाह गरेको जनाएको छ । बैंकको तथ्याङक अनुसार बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ चैत मसान्तमा १ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ लगानीमा रहेको छ ।
२०७८ चैत मसान्तसम्ममा १ लाख ४५ हजार ६९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १६ अर्ब ६ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ९३१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ कर्जा रहेको छ । महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ९२६ महिला उद्यमीलाई प्रवाह भएको ७३ अर्ब ५२ करोड रुपैयाँ कर्जा रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८३६ ऋणीको ३ अर्ब ६९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।
व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ चैत मसान्त सम्ममा १ अर्ब १३ करोड रुपैयाँ स्वीकृत भएको छ ।