२० बैशाख, २०८१ बिहिबार

06:49:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुल्मीको चन्द्रकोटमा माओवादी केन्द्रका केसी अध्यक्षमा निर्वाचित

Nepal Business

१ जेठ, २०७९

गुल्मीको चन्द्रकोटमा माओवादी केन्द्रका केसी अध्यक्षमा निर्वाचित

गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज केसी निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ७ सय मत ल्याएर निर्वाचित हुनुभएको हो । 

उपाध्यक्षमा नेपाली कांग्रेसका बिष्णुप्रसाद भण्डारीले ५ हजार १६ मत ल्याएर निर्वाचित हुनुभएको छ । गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार ३४७ मत ल्याउनुभएको थियो ।